रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

६ मंसिर २०७६, शुक्रबार १०:२१

काठमाडौं , विश्वकै ‘शक्तिशाली’ मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता डिसेम्बर अन्तिम साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढिरहेको छ । पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ तर मिति तय भने भइसकेको छैन ।

राष्ट्रपति पुटिन नेपाल भ्रमणको तयारीबारे छलफल गर्नकै लागि शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मस्को जाँदैछन् । उनी मस्कोबाट सर्बियाको बेलग्रेड जाने भएका छन् । मस्कोमा आयोजना हुन लागेको एक कार्यक्रममा मन्त्री ज्ञवाली सहभागी हुनेछन् । बुधबार कार्यक्रममा उनले आफ्नो सम्बोधन गर्नेछन् ।
रुसले नेपालमा रहेको युरेनियम रेडियोधर्मी पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो देखाएको बताइएको छ । सोही कारण भ्लादिमिर पुटिनको भ्रमणको तयारी थालिएको बताइएको छ ।