नक्कली प्रहरी बनेर फिरौती माग्ने चार जना प्रहरीको हिरासतमा

५ मंसिर २०७६, बिहीबार १५:०८

कैलाली, धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा दुई दिनअघि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको हो ।