
विराटनगर , मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा ज्यामिर खाने क्रममा केस्रा चानो घाँटीमा अड्किएर एक जनाको गएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार ६५ वर्षीय राजकुमार राईको घटनास्थलमै ज्यान गएको हो ।
उनका अनुसार छिमेकी रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा त्यसको केस्रा अचानक घाँटीमा अड्किएको थियो। त्यहाँ रहेकाहरुले घाँटीबाट केस्राबाहिर निकाल्ने प्रयास गरे पनि सम्भव नभएको र अड्किएको केही समयमै श्वासप्रश्वासमा समस्या आएर उनको ज्यान गएको अधिकारीले बताए।
