
एजेन्सी , फिल्म द स्काई इज पिंकमा बलिउड अभिनेत्री प्रियंका हालै देखा परेकी थिइन् । यस फिल्म मार्फत देसी गर्ल प्रियंकाले बलिउडमा धमकेदार इन्ट्री गरेकी थिइन् । फिल्मलाई समीक्षकले निकै तारिफ समेत गरेका थिए । तर, आम दर्शकले फिल्मलाई त्यति रुचाएनन् ।
२०१८ को अक्टोबरदेखि अक्टोबर २०१९ को बीचमा फयानहरुको निम्ति गज्जबको प्रभाव छाडेकी छिन् । यसैकारण प्रियंकालाई इन्टरनेटमा २०१९ मा २ दशमलव ७४ मिलियन पटक सर्च गरिएको छ ।
यस लिस्टमा प्रियंका बाहेक अर्की बलिउड सुन्दरी दीपिका पादुकोण दोस्रो र सन्नी लियोनी तेस्रो नम्बरमा परेका छन । सर्वेअनुसार सलमान खानलाई अक्टोबर २०१९मा १ दशमलव ८३ मिलियन पटक सर्च गरिएको छ । यस लिस्टमा शाहरुख खान दोस्रो र अमरीश पुरी तेस्रो नम्बरमा परेका छन् ।
