
सर्लाही , मलङ्गवा–७ मुसैलीमा वनमौरीको टोकाइबाट एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार साँझ मुसैलीस्थित खेतमा काम गर्ने क्रममा वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ।
मौरीको टोकाइबाट रायकी श्रीमती उनका चार वर्षीय छोरा, स्थानीयवासी अञ्जलीदेवी यादव, देवबत्ती देवी र रामध्यान महतो घाइते भएका छन् । बुधबार राति उनीहरुलाई उपचारका लागि मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
