
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। त्यस्तै सरकारको नेतृत्व अब केपी शर्मा ओलीले नै गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
नेकपाको बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ। तर आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन भने प्रचण्डले गर्नुहुने छ ।
