चीनकी महंगी अभिनेत्री बिंगबिंग जुनदेखी वेपत्ता

४ मंसिर २०७६, बुधबार १४:३९

एजेन्सी , चीनकी चर्चित अभिनेत्री फ्यान बिंगबिंग वेपत्ता भएकी छिन् । उनी यहि बर्षको जुनबाट उनी बेपत्ता भएकी हुन् । चिनीयाँ फिल्म र हलिउड फिल्मबाट चर्चाको शिखरमा पुगेकी बिंगबिंग निकै महंगी अभिनेत्री हुन् । उनी चीनकी सबै भन्दा धेरै रकम पाउने अभिनेत्री हुन् ।

उनी गएको जुनदेखी सामाजिक सञ्जालमा अपडेट नभएकोले उनी बेपत्ता भएको अनुमान लगाइएको हो । उनलाई कर छलि गरेको आरोप लागेको थियो उक्त आरोप लागेपछी उनी गायब भएको जनाइएको छ । आफुलाई कर छलीको आरोप लागेपछी उनले साकमाजिक सञ्जालमार्फत माफी पनि मागेकी थिइन् । उनले एक सय २७ मिलिअन डलर कर तिर्नु पर्ने बताइएको छ।