प्रदेश सभा सदस्य र नगर सभापतिबीच झडप,

४ मंसिर २०७६, बुधबार १२:३२

वीरगन्ज , प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य र वीरगन्ज महानगरपालिकाका नगर सभापतिबीच झडप भएको छ । आज बिहान आदर्शनगरको एउटा चिया पसलमा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला कलवारबीच झडप भएको हो ।

शर्मा र कलवारबीच झडप हुनुको कारण भने थाहा भएको छैन् । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने उनीहरुबीच भएको झडपको बिषयमा आधिकारीक जानकारी नपाइएको बताएका छन् । झडपपछि घाइते भएका दुबैजनालाई नारायणी अञ्चल अस्पतालमा उपचार गराएका छन् ।नगर सभापति कलवारको मुखमा बढी चोट लागेकाले उनलाई नारायणी अस्पतालबाट थप उपचारकालागि काठमाडौं लगिएको छ ।