
एजेन्सी , बलिउड अभिनेता जोन अब्राहम अब नयाँ फिल्ममा जुटेका छन् । भारतिय मिडियाका अनुसार अभिनेता जोन अब्राहमले नयाँ फिल्म ‘अट्याक’ ल्याउदैछन् । यस फिल्ममा मूख्य भुमिकाको रुपमा चर्चित नायिका ज्याकलीनको रहेको छ ।
यस्तै यस फिल्ममा अभिनेत्री रकुल प्रीत सिंहले पनि अभिनय गर्ने भन्ने बताइएको छ । अभिनेत्री रकुल प्रीत सिंहले यस फिल्मको काहानी आफुलाई मन परेकोले फिल्म ‘अट्याक’ रोजेको बताएकी छिन् । लक्ष्यराज आनन्दले निर्देशन गर्ने यस फिल्म दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ । किनकी अभिनेत्री रकुल प्रीत सिंह र जोन अब्राहम खेलेको यो पहिलो फिल्म हो ।
