काठमाडौं ,मंगलबार र बुधबार यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण मास प्रिन्टर मा रहेको तथ्याङ्क भण्डार डाटाबेस मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो ।सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
‘विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ फास्ट प्रिन्टिङ सेवा दिँदै आएकोमा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ,’ उनले भने, ‘बिहीबारदेखि नै हामी नियमितरुपमा सेवा दिनेछौँ ।’