एजेन्सी
काठमाडौं , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तारुढ गठबन्धनलाई ‘ठूलो परिवार’को संज्ञा दिँदै सातातिना मतभेदले कोही टाढिन नहुने बताउनु भएको छ ।
महाराष्ट्रमा भारतीय जनता पार्टी र शिव सेनाबीच सहकार्य टुटेलगत्तै मोदीले आइतबार बसेको गठबन्धन बैठकलाई सम्बोधन गदै यस्तो टिप्पणी गर्नु भएको हो ।
भारतमा संसदको शीतकालीन सत्र सुरु हुनुअघि आइतबार सत्तारुढ गठबन्धन ‘नेसनल डेमोक्रेटिक अलाइन्स’ (एनडिए)को बैठक बसेको हो । बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहका अतिरिक्त अन्य वरिष्ठ मन्त्री र नेता सहभागी थिए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नु भयो, ‘एनडिएका सहयोगीहरुको विचारधारा अलग–अलग हुन सक्छ, तर हामी एउटा ठूलो परिवारजस्तै हौं, सानातिना मतभेदले टाढिनु हुँदैन ।’