काठमाडौं , सिंहदरबारमा अहिले अर्को चर्चा सुरु भएको छ सचिवालयका सदस्यको राजीनामासँगै । स्थायी सरकारको रुपमा चिनिएको कर्मचारी प्रशासनमा मन्त्रालयलाई विर्ता बनाएर बसेका सचिवहरूको सरुवा चाहिं हुन्छ कि हँुदैन भनेर कर्मचारी चर्चा गर्न थालेका छन् । सिंहदरबारमा केही मन्त्रालयका सचिव तीन महिना पनि टिक्न नपाई सरुवामा पर्ने र केही बर्षोदेखि विर्ताझै बस्ने गरेको चर्चा छ । हुन पनि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडा सहसचिवदेखि नै रैथाने भएर त्यही मन्त्रालयमा निरन्तर बसेकी छिन् । उनी बरु मन्त्रीकै सरुवा गराउछिन् आफू सरुवा हुन्नन् । रैथाने सचिवको रुपमा चिनिएकी खतिवडा शक्तिको आडमा मन्त्रीलाई समेत टेर्दिनन् तर पनि उनको सरुवा हुँदैन ।
मन्त्री मातृका यादवलाई समेत टेरपुच्छर नलगाउने सचिव खतिवडाको सचिवको सुरुको पोष्टिङ नै उद्योग मन्त्रालय हो । लामो समय सहसचिवको रुपमा पनि त्यही मन्त्रालय बसेकी खतिवडाको सम्बन्ध राष्ट्रपति विद्यादेवी भण्डारीसम्म रहेको बताइन्छ । हुनलाई कांग्रेसको राजनीतिबाट आएपछि राष्ट्रपति भण्डारीका नातेदारसँग विवाह सम्बन्ध जोडिएका कारण खतिवडालाई मन्त्रालयमा कुनै पनि कर्मचारी बोल्न सक्दैनन् । मन्त्रालयका एक कर्मचारीका अनुसार, मन्त्री यादव पनि अहिले सचिव खतिवडाले जे भन्यो त्यही मान्ने अवस्थामा छन् ।
मन्त्रीको सचिवालयका एक सदस्यको भनाइमा खतिवडाकै कारण उदयपुर सिमेन्ट कारखाना र नेपाल औषधि लिमिटेडको कार्यकारी प्रमुख नियुक्तिमा समस्या आएको छ । खतिवडाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिसम्म ब्रिफि¨ गरेपछि प्रधानमन्त्री ओलीले ती प्रस्ताव रोकिदिएका हुन् । २०७६ वैशाखमा मन्त्री यादवले प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । त्यही मन्त्रालयमा बाणिज्य सचिव डेढ बषर््ँको अन्तरालमा तीन जना फेरिसकेका छन् ।
यस्तै छन् अर्का सचिव विश्वनाथ ओली । वन तथा वातावरण मन्त्रालयका सचिव ओली दाताको मात्र होइन प्रधानमन्त्री ओलीसम्म सम्बन्ध बनाएका सचिव हुन् । उनको पनि सुरुदेखि नै वातावरण मन्त्रालयमा पोष्टिङ भएको थियो । अहिलेसम्म त्यही मन्त्रालयमा कार्यरत रहेका छन् । भन्नलाई जानकार सचिवको सरुवा गर्नु राम्रो हँुदैन भन्ने तर्क गरिए पनि उनीहरू शक्तिको आडमा मन्त्रीलाई समेत वेवास्ता गर्दै बसिरहेको कर्मचारीहरू बताउछन् । साँघु न्यूजबाट