स्वास्थ्य राज्यमन्त्री डा यादव वीर अस्पतालमा भर्ना

३० कार्तिक २०७६, शनिबार १८:३२

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव वीर अस्पतालमा भर्ना हुनु भएको छ । ढाडको नसा सम्वन्धी समस्या बढेपछि उहाँ शुक्रबार बेलुकाबाट वीर अस्प्तालमा भर्ना हुनु भएको हो । उहाँलाई अस्पतालको भिआईपी क्याविनमा राखिएको छ ।