जाजरकोट , जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिबार उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनु भयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उहाँले बताउनु भयो ।
एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको केशरीले जानकारी दिनु भयो ।