काठमाडौं , प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ। नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगनु भएका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ।
यसअघि ग्रान्डीमै कात्तिक १२ र १३ गते उहाँको डायलासिस भएको थियो। पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो।