काठमाडौं , केही दिनदेखी सुनको मूल्यमा उतारचढाव आएको छ । विवाहको मौसम मंसिर महिना आउँदै गरेकाले पनि होला, सुनचाँदीको मूल्य बढ्दा ह्वात्तै बढ्ने, घट्दा थोरै घट्ने भइरहेको छ ।
शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन शुक्रबार २ सयले घटेर ७१ हजार ८ सय तोलामा कारोबार भइरहेको जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।