गोर्खा, गोर्खा सदरमुकामबाट चोरीको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वको मौकाछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका–१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।
उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे। त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरि
चोरी गर्ने चार जना प्रहरीको हिरासतमा एको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा नगरपालिका–८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका–६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक÷एक थान बरामद गरेको प्रहरीले जनाएको छ।