नियमित यौन सम्बन्ध राख्ने मानिस स्वस्थ र बलिया हुन्छन्

२६ कार्तिक २०७६, मंगलवार १३:१७

धेरै मानिसलाई लाग्ने गर्छ नियमित यौनसम्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडीविल्डरहरुले सेक्स नगरेरै शरीर गठिलो बनाएका हुन् । तर यस्तो सोच्नु गलत हो ।

विज्ञहरु भन्छन् नियमित यौन सम्बन्ध राख्ने मानिसहरु स्वस्थ र बलिया हुन्छन् । किनभने मांसपेसी बन्नु र यौनइच्छा बढ्नु दुबै पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोनबाट निर्धारण हुने हो । शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ यौन चाहना पनि उति बढी हुन्छ । र जति यौनचाहना बढ्छ तपाईँको शरीरको मांसपेशी पनि उती नै राम्रो बन्छ ।

विज्ञहरुको विभिन्न खाले धारणा छन् शारीरिक सुसंगठन ट्रेनिङबाट टेस्टोस्टेरोनका उत्पादन बढछ । यदि कोही व्यक्ति यौन रुपमा संक्रिय छ भने पनि शरीरमा पहिले देखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । त्यसकारण शारीरिक सुसगठन र सेक्स दुबैले तपाईँको शरीरको मांसपेशी झन मजबुत बनाउँछ ।

यस्ता विषयमा अनुसन्धान भइ रहेको छ । अमेरिकास्थित एफएसएन स्पोर्ट साईन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो ।

सुरुमा उसलाई एक हप्तासम्म सेक्स नगर्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो । उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पन्च पावरको रेकर्ड गरियो । त्यसपछि उसलाई पुन एक हप्तासम्म सेक्स गर्न भनियो र पुर्न उसको परीक्षण गरियो ।

परिणाम यस्तो आयो कि सेक्स नगरेको बेलाको प्रदर्शन भन्दा सेक्स गरेको बेलाको प्रदर्शन उत्कृष्ठ देखियो । खुट्टाको तागत र पंच पावरमा सेक्स नगर्दा भन्दा गरेपछि राम्रो देखियो । टेस्टोस्टेरोनको स्तर पहिले भन्दा २० प्रतिशतले बढ्यो ।

त्यसैले शारीरिक अभ्यास अघि सेक्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ । अर्थात सेक्स गर्दैमा यसको तागतमा कुनै नकारात्मक प्रभाव पर्दैन । क्यानडा नेपालबाट साभार