
कैलाली , मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजालीलाई आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन् ।
पीडित महिलाको निवेदनका आधार अनुसार आफुमाथी कुटपिट र दुर्व्यवहार गरेको आरोपमा अध्यक्ष हौजाली मगरलाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टले बताउनुभएको हो । ती महिला कर्मचारीलाई वडाध्यक्ष मगरले कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्।
