हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ ।
त्यसका लागि के के गर्न सकिन्छ बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका १५ सुझाव हेर्नुहोस्
उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरुः
१ नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
२ धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि ।
३ मोटोपना घटाउने ।
४ दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
५ गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
६ गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
७ ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
८ नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।
यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु
१ रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
२ मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
३ प्रशस्त मात्रामा पानी पिउने ।
४ दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
५ योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।
६ दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
७ जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि । नेपाली हेल्थबाट