डा केसीको माग पूरा गर्न नेपाल चिकित्सक संघको आग्रह

२५ कार्तिक २०७६, सोमबार १५:२७

काठमाडौँ , नेपाल चिकित्सक संघले कात्तिक १८ देखि अनशनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका महासचिव डा लोचक कार्कीद्वारा जारी विज्ञप्तिमा डडेल्धुरामा १७ औँ अनशन बसेका डा केसीको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।

डा केसीले उठाएको माग संविधानको भावना र मर्म अनुसार भएको भन्दै संघले यसअघि डा केसी र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरुको अक्षरंश कार्यान्वयन गर्न माग गरिएको छ ।

डा केसी आफ्नो १६ औँ अनशनसम्म सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै यो १७ औं अनसन हो ।