ऋतिक रोशनसँग विवाह गर्न चाहेको बताईन सोनाक्षी

२५ कार्तिक २०७६, सोमबार १५:१९

एजेन्सी , सोनाक्षी बलिउडमा चर्चामा आइरहने चर्चित नायिका हुन् । धेरैजसो आफ्नो नयाँ फिल्म र फोटोसुटका कारण चर्चामा आउने सोनाक्षी पछिल्लो समय एक फरक कारणबाट चर्चामा आएकी छिन् । नायिका सोनाक्षीले भारतिय मिडियाका अनुसार आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाहेको बताएकी छिन् ।

उनले एक अन्तरबार्तामा आफु ऋतिक रोशनसँग विवाह गर्न चाहेको बताएकी हुन् । अन्तरबार्तामा कुन पुरुष ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न मन गर्छिन् भन्ने प्रश्नमा उनले भनिन् ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’

फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ भन्ने प्रश्नमा उनले ऋतिकलाई रोजेकी छिन् । सोनाक्षीले आफ्नो बिबाहको कुरा गर्दै भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी छैनँ ।’ उनले आफु प्रेममा रहेको खुलासा भने पहिलो पटक गरेकी हुन् ।