‘अघोरी बाबा’सँग विवाह गरेकी शारदा पाण्डे पक्राउ

२५ कार्तिक २०७६, सोमबार १४:२६

काठमाडौं, अघोरी बाबा सँग विवाह गरेकी शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । बौद्धबाट प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बताइएको छ ।