अदालतका नासु घुससहित अख्तियारको फन्दामा

२४ कार्तिक २०७६, आईतवार १९:२७

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटका नायब सुव्बा रमेशकुमार खड्कालाई घुससहित पक्राउ गरेको छ । नायब सुव्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक मोलमोलाई गरी १५ हजार रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले ग्राहकसँग ६० हजार घुसको बार्गेनिङ गरेका थिए ।

नासु खड्कालाई १५ हजार घुस रकम माग लिइरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।