भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ होः परराष्ट्रमन्त्री ज्ञवाली

२४ कार्तिक २०७६, आईतवार १८:१६

काठमाडौं , परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताउनु भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताउनु भएको हो ।
ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक कालापानी लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्य‍‍ाप्त प्रमाण छन् उहाँले भन्नु भयो,यति हुँदाहुँदै पनि भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, समस्या सामधान गर्न सरकारले कूटनीतिक कदम चाल्छ।

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता दिदा यस्तो समस्या निम्तिएको मन्त्री ज्ञावालीले प्रष्ट पार्नु भयो । अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उहाँले बताउनु भयो ।