२० प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

२४ कार्तिक २०७६, आईतवार १६:३८

काठमाडौं , माइतीघरबाट २० जना प्रदर्शनकारीलाई प्रहरीले प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिनुपूर्व प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसमेत गरेको थियो । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूभाग आफ्नो राजनीतिक नक्सामा समेटेको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारले ग्रेटर नेपालको माग राखेर अन्तर्राष्ट्रिय स्तरको मुद्दा बनाउनु पर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् भने सीमा सुरक्षामा सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्ने प्रदर्शनकारीको माग रहेको छ ।