एजेन्सी , बलिउडमा बेलाबेलामा आफ्नो फिल्म र प्रेमसम्बन्धका कारण चर्चामा आइरहने चर्चित अभिनेत्री हुन् आलिया भट्ट । पछिल्लो समयका उनका धेरै फिल्महरु सफल नै भएका छन् । तर सानदार फिल्म हिट नहुदा भने अभिनेत्री आलिया निकै दुखी भइन् । आफुले दुख गरेर खेलेको फिल्म फ्लप हुदा उनी निकै दुखीत् छिन ।
भारतिय मिडियाका अनुसार अभिनेत्री आलियाको एक फिल्म फ्लप हुदा उनका बाबु भने खुशी भएका थिए । फिल्म फ्लप भएकोमा उनका बाबु एवम निर्देशक महेश भट्ट निकै खुशी भए । उनी कठिन समय सकिएको भन्दै खुशी भए तर आलिया भने दुखीत थिइन् । निर्देशक महेश भट्ट आफ्नो छोरीले असफलताको स्वाद पनि पाएको भनी खुशी भएका हुन् । उनले भने छोरीलाई असफलताले पाठ सिकाएको छ । अब भने अभिनेत्री आलिया बाबुको निर्देशनमा बनिरहेको सडक २मा देखिनेछिन्। फिल्ममा आलियासँगे संजय दत्त र पूजा भट्ट पनि हुने बताइएको छ ।