नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको विरोध प्रदर्शन

२२ कार्तिक २०७६, शुक्रबार १३:३८

काठमाडौँ , लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्याली गरेका छन् ।

नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।
एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट सुरु गरिएको विरोध र्याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।