बुटवल , नेपाल भारतको सीमा बिबादलाइ कुटनीतिक ढंगले समाधान गर्नुपर्ने सीमाविद तथा नेकपाका नेता साध्यबहादुर भण्डारीले बताउनु भएको छ । सीमाको नाममा वर्षौदेखिको पुरानो घाउ भारतले बेलाबेलामा बल्झाइरहने भन्दै नेपाल सरकारले खुट्टा नकमाइ कुटनीतिक पहल गरेर यो समस्या सधैका लागि समाधान गर्नुपर्ने उहाँको राय छ ।
विहीबार रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सीमाविद तथा नेकपाका नेता साध्यबहादुर भण्डारीले नेपालका नेताहरुले भारतसँग जथाभावी सम्झौता गर्ने र जहाँ पायो त्यहि हस्ताक्षर गर्ने गर्दा यो समस्या आएको दाबीगर्नु भयो ।
उहाँले सम्झौता गर्ने बेला प्रशस्त होमवर्क गर्नुपर्ने भन्दै भारतीय नेतृत्वसँग आँखामा आँखा जुधाएर वार्ता गरेर नयाँ नक्सा खारेज गराउन नेपाल सरकारलाइ आग्रह गर्नु भयो ।
उहाँले कर्मचारीतन्त्र विक्रीहुने सम्भावना रहन्छ ,जसका कारण समस्या हुने हुन्छ,सहमतिका बेला हिम्मत भएको,अडिग नेता चाहिन्छ’। ‘सीमा मिचिएको प्रसस्त प्रमाण छ
उहाँले भन्नु भयो , ‘सीमा मिचिएको प्रसस्त प्रमाण छ तर सरकारले त्यस दिशा तर्फ उन्मुख हुँदैन् ।’ यो दुइतिहाइको सरकारले समस्या समाधान गर्न नसके सरकार बदल्नुपर्ने उहाँको भनाइ छ ।