काठमाडौँ , नेपालका विभिन्न स्थानमा कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि भारतले मिचेको भन्दै विरोध जनाइरहँदा भारत सरकारले सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताउनु भयो ।
बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तोबताउनु भएको हो । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उहाँको दाबी छ ।
ुहामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्याउँछौुं, उहाँले भन्नु भयो , साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरुविरुद्ध एकजुट हुनु जरुरी छ। ती स्वार्थविरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उहाँको भनाइ छ ।