निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट

२१ कार्तिक २०७६, बिहीबार १२:३२

कास्की ,पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।

विस्फोट भएको आवाज आइसकेपछी पनि के पड्किएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विस्फोट कसले र केका लागी गरिएको भन्नेबारे पनि थाहा हुन सकेको छैन । वैदाम प्रहरी इञ्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।