मंसिरमा विवाह गर्दैछिन् नायिका ऋचा शर्मा

२१ कार्तिक २०७६, बिहीबार १०:४२

काठमाडौं , नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्मा अहिले निकै चर्चामा छिन् । अहिले उनी आफ्नो विवाहको तयारीमा रहेकी छिन् । नायिका ऋचा शर्माको लामो समयदेखी विवाहको हल्ला चलिरहेको छ । अब भने उनले मंसिरमा नै विवाह गर्ने भएकी छिन् ।

लामो समय दीपेक्ष्य राणाको प्रेममा रहेकी ऋचाले अब उनीसँगै विवाह गर्ने हल्ला चलेको छ । नायिका ऋचाले भने आफ्नो हुनेवाला श्रीमान सार्वजनिक गरेकी छैनन् । स्रोतका अनुसार उनले राणासँग नै विवाह गर्ने बताइएको छ । केहि दिन अघि नायिका ऋचा शर्माले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी दिएकी थिइन् ।