काठमाण्डौँ ,मङ्गलबार साझँ बेँसीगाउँबाट नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका व्यक्तिलाई सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो ।
लामो समयदेखी ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने मनोसायले व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने महानगरीय प्रहरी कार्यालय बौद्धले जनाएको छ ।