एजेन्सी , अझै रोचक बनाउन लिगमा चाँडै इन्डियन प्रिमियर लिग आईपीएल लाई पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ ।
नयाँ अवधारणा अन्तर्गत आईपीएलमा सबै टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा उतार्न सक्नेछन् । यसमा कुनै पनि खेलाडीले कुनै पनि दोस्रो खेलाडीलाई खेलको कुनै पनि मोडमा रिप्लेस गर्न सक्छन् । सामान्य रुपमा टीमको कुनै पनि विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडीलाई सब्टिच्युट गर्न पाउँछन् ।
अहिले यो नियमको प्रस्ताव बीसीसीआईका वरिष्ठ अधिकारीहरुसामु राखिएको छ । भारतीय मिडियाका अनुसार उनीहरुलाई यो प्रस्तावना मन मरेको छ ।
अब यो आईपीएलको नियामक टोलीका सामुन्ने राख्न बाँकी छ । मंगलबार मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा मिटिङ हुने बताइएको छ । यसमा पावर प्लेयरको अवधारणामाथि छलफल हुनेछ । सहमति भए आगामी सिजन यो नियम लागू हुन सक्ने सम्भावना रहेको छ ।
बीसीसीआईका एक वरिष्ठ पदाधिकारीले यो नियम सम्झाउँदै भने, ‘यदि यो नियम लागू भयो भने टोलीले खेलभन्दा अघि प्लेइङ ११ नभएर प्लेइङ १५ को घोषणा गर्नेछ ।
यदि मङ्गलबार हुने भनिएको बैठकमा पावर प्लेयरका लागि सहमति बने यसलाई पहिले सैयद मुश्ताक अली ट्रफीमा लागू गरिनेछ । त्यहाँबाट यो नियम आइपीएलमा लागू गरिनेछ ।