काठमाण्डौ, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारण सभा हुने भएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले मंसिर ११ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे बार्षिक साधारण सभा बोलाएको छ ।
शेयधरनीहरुलाई यो वर्ष २० प्रतिशत बोनस शेयर र करको लागि ५ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाईएको हो ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभाले प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिमा रहने दुई जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने र सर्वसाधारण तर्फबाट एक महिला सहित चार जना सञ्चालकको निर्वाचन गर्नेछ ।
कम्पनीले साधारण सभाको लागि कम्पनीले शेयरधनी दर्ता किताव कात्तिक २७ गतेदेखि ११ गतेसम्म बन्द गर्न लागेकाले सभामा भाग लिन र लाभांश पाउन कात्तिक २६ गतेसम्म शेयर सदस्य बन्न पर्नेछ