प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाह आयोगको सदस्यमा मनोनित

१८ कार्तिक २०७६, सोमबार १८:५८

काठमाडौं , प्रधानमन्त्रीको निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाह चिकित्शा शिक्षा आयोगको सदस्यमा मनोनित हुनु भएको छ । उहाँलाई प्रधानमन्त्रीले सोमबार सदस्यमा नियुक्त गर्नु भएको हो । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ ।

आयोगका अनुसार चिकित्शा शिक्षा कार्यक्रम संचालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरु मध्येबाट तीन जनालाई पनि सदस्यमा मनोनित गरिएको छ । जसमा त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बपिी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका छन् ।

एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपालका अध्यक्ष तथा नेपाल नर्सिङ संघका अध्यक्ष पनि सदस्यमा मनोनयन गरिएको छ ।

स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायत आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तिमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था भएको छ । प्राडा दिव्यासिंह शाह, प्राडा शैली प्रधान, प्राडा जगदीश अग्रवाल पनि सदस्यमा नियुक्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । आयोगको कार्यकारी उपाध्यक्षमा यसअघि नै प्रा डा श्रीकृष्ण गिरी नियुक्त हुनु भएको थियो ।