पूर्व सभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार जेल चलान

१८ कार्तिक २०७६, सोमबार १८:०४

काठमाडौं , निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उहाँलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो।

जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले उहाँलाई डिल्लीबजारस्थित कारागारमा राख्न आदेश दिएको छ। थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ आफ्नो प्रतिरक्षा गरेका थिए।

वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए।संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।