
काठमाडौं , नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्नु भएको छ । बैंकको संचालक समितिले श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरेसँगै उहाँ निलम्बनमा पर्नु भएको हो ।
मन्त्रिपरिषद्को निर्देशनपछि सोमबार श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। संचालक समिति बैठकले छानविन समितिमा पौडेलसहित राष्ट्र बैंक संचालक समितिका सदस्यद्वय रामजी रेग्मी रसुबोधकुमार कर्णलाई राखेको छ। छानबिन समितिलाई ३० दिनको कार्यअवधि तोकिएको छ।श्रेष्ठमाथि प्रक्रिया पूरा नहुँदै विभिन्न कम्पनीको लाभांश विदेश लैजान सहयोग गरेको र विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको आरोप लागेको छ ।
