
काठमाडौं, कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गर्नु भएको छ ।
शनिबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञानपपत्र बुझाउँदै सांसद शाहले कपिलवस्तुको कृष्णानगरमा लक्ष्मीपूजाको मूर्ति विजर्सनमा रोक लगाएर समाजमा धार्मिक सद्भाव खलल पुर्याउने व्यक्ति र समूहलाई यथाशिघ्र पक्राउ गर्न माग गर्नु भएको हो ।
सांसद शाहले मुस्लिम समूदायको नेतृत्व गरी हिन्दू समुदायसँग हिंसा आतंक मच्चाउने जमान साह र उनको समूहलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नु भयो । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमीमा अशान्ति र हिंसा स्वीकार्य नहुने सांसद शाहको चेतावनी छ।
‘घटनाको निस्पक्ष छानविन गरी दोषी उपर कारवाही गरी मृतक परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरी क्षतिपूर्ति दिई मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न गराउनको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


