आज छठपर्व श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

१६ कार्तिक २०७६, शनिबार ११:०३

काठमाडौं , आज छठपर्व शुद्धता, सद्भाव , श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।