कपिलवस्तु , जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेदेखि लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।
मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि हटाएको हो ।
कर्फ्यू लागेको बेला गोली लागेर सुरज कुमार पाण्डेको मृत्यु भएको थियो ।
शुक्रबार दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।