‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारीमा सरकार

१८ कार्तिक २०७६, सोमबार १५:१६

काठमाडौं , सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जामा सबैको पहुँच पु¥याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनु भयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि ऊर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिनु भयो । दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक ऊर्जाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।