सुनचाँदीको मूल्य घट्यो

२२ कार्तिक २०७६, शुक्रबार १३:०४

काठमाण्डौ , सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।