श्रीमान श्रीमती नै ठगि गरेको आरोपमा पक्राउ

१७ कार्तिक २०७६, आईतवार १९:२८

काठमाडौं , वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेका छन् ।

वर्किङ भिषामा लावस पठाइदिने भन्दै यो दम्पतीले २४ लाख २० हजार ठगी गरेर फरार भएका थिए । उनीहरुले चार जनालाई लावस र भारतको डिल्ली सम्म पुर्याई अलपत्र पारी फरार भएका थिए । पिडितहरुको उजुरीका आधारमा थिङ दम्पत्तिलाई पक्राउ गरिएको हो ।