शर्माको प्रश्न— खेमराज पौडेल सांसद बन्न किन नमिल्ने ?

११ मंसिर २०७६, बुधबार १६:०२

काठमाडौं , काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर कडा आलोचना गर्नु भएको छ । अध्यक्ष प्रचण्डले कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै बृद्धअवस्थामा सांसद बन्ने भन्दै अलोचना गर्नु भएको थियो ।

प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनिय भएको बताउनु भएको छ । पोखरामा प्रचण्डले दिएको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भन्नु भएको छ , ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज पौडेल गुरुले सांसद बन्नचाहि किन नमिल्ने ?