मन्त्रीमण्डल पुनर्गठन भोली हुने

४ मंसिर २०७६, बुधबार १८:३४

काठमाडौं, मन्त्रिमण्डल पुनर्गठन भोली हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ बन्ने मन्त्रीहरुको टुंगो लगाएपनि भोलीमात्रै सार्वजनिक गर्ने र भोलि नै नयाँ मन्त्रीको शपथ गराउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
पार्टी सचिवालयको र्बैठकले अध्यक्षद्धयको कार्यविभाजनमा लामो समयलिएपछि आज हुने भनिएको मन्त्रिमण्डल पुर्नगठन भोलिलाई सरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही मन्त्रीलाई विदा गरेर र केही मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्ने भन्दै नेताहरु नै बैठकमा सहभागि भएका थिए । यसअघि मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताउनुभएको थियो ।