पहिलोपटक घर किन्दा अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने

१७ कार्तिक २०७६, आईतवार ०९:२६

काठमाडौं , पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।

यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो ।

नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्। यो समाचार आर्थिक अभियानमा छ ।