नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन

२१ कार्तिक २०७६, बिहीबार १४:२१

रोल्पा , नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन भएको छ । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने प्रदर्शनकारीले माग गरे । बिहीबार बिहान स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको हो । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा गो व्याक इन्डियको नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरे ।