नायिका अनुष्का शर्माले अब नयाँ फिल्ममा काम गर्ने

२४ कार्तिक २०७६, आईतवार १५:१२

एजेन्सी , बलिउडमा प्राय फिल्मकै कारण चर्चामा आइरहने नायिका अनुष्का शर्माले अब नयाँ फिल्ममा काम गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार नायिका अनुष्काले १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘सत्ते पे सत्ता’ को रिमेक मा काम गर्ने भएकी हुन् । उक्त फिल्मलाई रोहित शेट्टीले निर्माण गर्ने बताइएको छ । फराहको निर्देशनमा बन्न लागेको यस फिल्ममा नायिका अनुष्का शर्मा ग्ल्यामरस शिक्षिकाको भूमिकामा देखिने बताइएको ।

फिल्ममा अनुष्कासँगै एक्सन स्टार ऋतिक रोशनले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्मको अहिले निकै चर्चा चलिरहेको छ । फिल्मको कलाकारलाई लिएर हालसम्म औपचारिक घोषणा नभएपनि फिल्म भने बन्ने भएको छ । । यसअघिको ‘सत्ते पे सत्ता’मा अभिताभ बच्चन र हेमा मालिनीले अभिनय गरेका थिए ।