टिपरले ठक्कर दिदाँ साइकलयात्री गम्भीर घाइते

२४ कार्तिक २०७६, आईतवार १४:०६

महोत्तरी , जलेश्वर नगरपालिका–२, बुद्धिजिवी चोकका ना १ ख ९६८३ नम्बरको टिपरले साइकलाई ठक्कर दिँदा साइकलमा सवार पिपरा गाउँपालिकाका मोहम्मद मजिर गम्भीर घाइते भएका हुन् । घाइतेको दाहिने तिघ्रा दुई टुक्रा भएको जनाइएको छ ।

मुश्लिम समुदायको महान पर्व मोहम्मद पैगम्वरको १४३९औँ जन्मजयन्ती मनाइरहेको स्थानमा दुर्घटना भएको छ। घाइतेलाई उपचारका लागि जनकपुर अस्पताल लगिएको छ ।